बुधबार, वैशाख ५, २०८१

घरायसी विवाद हुँदा बुवाले काटिदिए छोराको नाक

मेरोन्यूज २०८० जेठ १४ गते १२:०८

गुल्मी । गुल्मीमा घरायसी विवादमा बुवाले छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

घरायसी विवादका कारण झगडा हुँदा एक्कासि दिलबहादुरले हसियाँ प्रहार गर्दा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

कार्यालयका अनुसार घाइते बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

घटनामा संलग्न दिल बहादुरलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया