बुधबार, वैशाख १२, २०८१

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ खरिद-बिक्री ?

मेरोन्यूज २०८० जेठ १४ गते ११:५६

काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य रुपले घटेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ८ हजार १ सय रुपैयाँ कायम रहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया