शनिबार, वैशाख ८, २०८१

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० जेठ १४ गते १०:५५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी केशव बोहराले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनी बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बालुबाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदको लागि ३५ दिन भित्र विद्यनमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको अवस्थामा अन्य ब्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया