बिहीबार, वैशाख १३, २०८१

कैदी छुटबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८० जेठ १४ गते १०:४०

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा कैदीहरूलाई छुट दिन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न मन्त्रिपरिषद् बैठक जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुनेछ ।

‘प्रमको भारत भ्रमण र गणतन्त्र दिवसका अवसरमा कैदीहरूलाई दिइने कैद छुटका बारेमा छलफल भइरहेको छ,’ एक मन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।

यसका साथै भोलि जेठ १५ गते संसद्मा पेस हुने बजेट पनि मन्त्रिपरिषद्ले पास गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक साताको प्रत्येक मंगलबार बस्ने गर्दछ ।

प्रतिक्रिया