बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्रीले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, दलका नेता र कुटनीतिज्ञहरूसँग सुझाव माग्ने

मेरोन्यूज २०८० जेठ १४ गते ८:५७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता र कुटनीतिज्ञहरूसँग छलफल गर्ने भएका छन् ।

बुधबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले आज दिउँसो दुई बजे राजनीतिक परामर्श गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधाननमन्त्री तथा मन्पिरिषद् कार्यालयमा पुर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीष नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले सिंहदरबारमै कुटनीतिक परामर्श गर्ने कार्यक्रम तय भएको छ । ससिचवालयका अनुसार यो सुझाव माग्ने कार्यक्रममा पूर्वपरराष्ट्र सचीवहरू, भारतका लागि पूर्वराजदुतहरू र विज्ञहरूलाई बोलाइएको छ ।

बुधबार भारत प्रस्थान गर्ने प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिहीबार भेटने कायक्रम तय भएको छ ।

यो पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री दाहालको यो पहिलो विदेश भ्रमण हो ।

Advertisement

प्रतिक्रिया