बुधबार, वैशाख १२, २०८१

घूस नखाँदा पापीहरू बौलाए : मन्त्री किराती

मेरोन्यूज २०८० जेठ १४ गते ८:३७

काठमाडौँ । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री गोपाल किरातीले आफूले घूस नखाँदा र नखुवाउँदा पापीहरू बौलाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले आफूले घूस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने उल्लेख गरेका छन् ।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन्, ‘प्रमाणित गर म एक मिनेट बस्दिन ।’

उनले मरेर जाँदा ५ सयको कात्रो र ५ फिट जमिन मात्रै चाहिने भएकाले अरुमा आफूले चासो नदिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया