शनिबार, वैशाख ८, २०८१

उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

मेरोन्यूज २०८० जेठ १३ गते १३:२१

उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए ।

अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया