शुक्रबार, चैत १६, २०८०

शहिद स्मारक लिगः आज तीन खेल हुदैँ

मेरोन्यूज २०८० जेठ १३ गते ७:३६

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने च्यासल मैदानमा एउटा खेल हुनेछ । 

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा जावालाखेल युथ क्लब र एपिएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र संकटा क्लब आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ । 

Advertisement

प्रतिक्रिया