शुक्रबार, वैशाख १४, २०८१

विदेशी विनिमयः आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० जेठ १३ गते ७:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैँककाअनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

शनिबार डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको छ।

प्रतिक्रिया