शुक्रबार, वैशाख १४, २०८१

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात फाइनलमा प्रवेश

मेरोन्यूज २०८० जेठ १३ गते ६:५८

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।

खेलमा गुजरातको जीतका लागि शुभमन गिलले शतक प्रहार गरे भने मोहित शर्माले सशक्त बलिङ गरे ।

शुरूआती ब्याटिङ गरेको गुजरातले मुम्बईसामु २३४ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै मुम्बईले लक्ष्य भेट्टाउन सकेन । मुम्बईको टीम १८.२ ओभर खेलेर १७१ रन बनाउँदै ‘अल आउट’ भयो । यससँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको छ ।

गुजरातको टीम दोस्रो वर्ष पनि आईपीएलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा गुजरात र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् ।

प्रतिक्रिया