बिहीबार, चैत १५, २०८०

सलमानले पूर्व प्रेमिका कट्रिनाका पति विक्कीलाई गरे ‘इग्नोर’

मेरोन्यूज २०८० जेठ १२ गते १५:५२

काठमाडौं । दुवईमा हुने ‘आइफा २०२३’ मा सहभागी हुन थुप्रै बलिउड कलाकार त्यहाँ पुगेका छन् । विभिन्न देशका कलाकारहरु बोलाइएको यस समारोहमा अभिनेता सलमान खान र विक्की कौशल पनि पुगेका छन् ।

यसैबीच सलमान र विक्कीको एक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सलमानले पूर्व प्रेमिका कट्रिनाका पति विक्कीलाई ‘इग्नोर’ गरेकाे देखिन्छ ।

बास्तवमा, भिडियोमा विक्की कौशल फ्यानसँग सेल्फी खिचिरहेका छन्, यसैबीच सलमान गार्डसहित त्यहाँ पुग्छन् ।

यसबेला विक्कीले सलमानसँग हात मिलाउने प्रयास गर्छन् तर सलमान खानले उनलाई बेवास्ता गरेर त्यहाँबाट निस्किन्छन् ।विक्कीले दोस्रो पटक पनि हात मिलाउने प्रयास गछर्न तर सलमानले उनलाई एक ‘लुक’ दिएर हिड्छन् ।

भिडियो हेर्दा यस्तो लाख्छ की सलमानले विक्कीलाई त्यहाँ चिन्न सकेनन्। तर सलमानको यो व्यवहार देखेर उनका फ्यान निकै आक्रोशित भएका छन् ।

Advertisement

प्रतिक्रिया