गजुरका विषयमा आधारहिन आरोप लगाएको भन्दै एमालेले गर्यो संसद अवरोध
बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । पशुपतिको मन्दिरको गजुरका विषयमा सत्तापक्षीय सांसदले एमालेलाई आधारहीन आरोप लगाएके भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।
त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए।
गिरीले एमालेमाथि लगाएको आरोप हटाउनु पर्ने माग गर्दै सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।
यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ुपशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेकोु आरोप लगाएका थिए।
त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुनस् उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।
सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले नाराबाजीसमेत गरेका छन्।
एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया