शुक्रबार, चैत १६, २०८०

मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाए देउवाले

मेरोन्यूज २०८० जेठ १२ गते १२:२६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रय सदस्य मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनित गरेका छन् । पूर्व सांसदसमेत रहेका विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

दलित संघको अध्यक्ष रहेका विश्वकर्मा कांग्रेस मनोनित केन्द्रीय सदस्य हुन् ।

पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभागमा पहिलो नियुक्ती गरेका हुन् ।

महाधिवेशन भएको ६ महिना भित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन् ।

विश्वकर्माले जानकारी पाए पनि पत्र हात नपरेको बताए ।

Advertisement

प्रतिक्रिया