अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा गरे दोस्रो विवाह
मेरोन्यूज
२०८० जेठ १२ गते ११:१६

भारतीय चलचित्र उद्योगमा खलनायक भूमिकाका चर्चित बरिष्ठ अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् ।
उनले असमको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन् । आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरेका हुन् ।
अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशिषकी पहिलो पत्नी थिइन् ।
सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । उनले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।
उनका सबैभन्दा लोकप्रिय फिल्महरू १९४२ः ए लभ स्टोरी, रात की सुबह नही, सरदार, भाई, जानवर, जीत, हैदर, गुडबाय हुन्। उनले सन् १९९५ मा बनेको फिल्म ‘द्रोहकल’का लागि उत्कृष्ट सह–अभिनेताको विधामा राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया