घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?
मेरोन्यूज
२०८० जेठ १२ गते ११:०१

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रति तोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया