शुक्रबार, वैशाख १४, २०८१

कुमारी बैंकले ल्यायाे १४ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० जेठ १२ गते १०:४३

काठमाडौं । कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत विक्री गर्ने भएको हो ।

उक्त संस्थापक शेयरमा बैंकका हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी विक्री गरिने बैंकले जनाएको छ ।

शेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।

शेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया