शनिबार, वैशाख १५, २०८१

नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

मेरोन्यूज २०८० जेठ १२ गते ७:४५

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले आज जवाफ दिने भएका छन् ।

शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालय निकालेको सूचनामा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिने उल्लेख छ ।

प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८०।८१ को बजेट प्रस्तुत हुनेछ । संविधानमा सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने बाध्यात्मक व्यवस्था छ ।

प्रतिक्रिया