शनिबार, वैशाख ८, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण

पक्राउ परेकाहरूको आजदेखि जिल्ला न्यायाधीशसमक्ष बयान

मेरोन्यूज २०८० जेठ १२ गते ६:५७

काठमाडौँ । जिल्ला सरकारी वकिलले बुधबार दायर गरेको नन्क्कली भुटानी शरणार्थीसम्बन्धी अभियोजन पत्रमाथि यस प्रकरणमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकाहरूसँग आजबाट जिल्ला न्यायाधीश समक्ष बयान सुरु हुने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो ।

बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो । मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।

आजबाट सुरु हुने बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।

आजदेखि सुरु हुने न्यायाधीशसमक्षको बयानले सरकारी वकिलसमक्षको बयानभन्दा बढी मान्यता पाउँछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा ३० प्रतिवादीविरुद्ध ठगी, किर्ते, राष्ट्रियहीतविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया