बुधबार, वैशाख १२, २०८१

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीको घोषणा

मेरोन्यूज २०८० जेठ १२ गते ६:३५

काठमाण्डौ । मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका टोली घोषणा भएको हो । टोलीमा तीन नयाँ खेलाडीलाई मौका दिइएको छ ।

सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्टलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिइएको हो ।

रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । नेपालले मलेसियामा पहिलो खेल जेठ १५, दोस्रो खेल जेठ १६, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ तथा अन्तिम खेल जेठ २१ गते खेल्ने कार्यतालिका छ ।

नेपालको टोली कप्तान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी ।

प्रतिक्रिया