शनिबार, वैशाख ८, २०८१

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

मेरोन्यूज २०८० जेठ ११ गते १९:१३

काठमाडौँ । सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ ।

‘आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो, भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले,’ फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब सय वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया