बिहीबार, वैशाख १३, २०८१

भोटो जात्रा हेर्न पुगे राष्ट्रपति पौडेलदेखि मन्त्रीहरूसम्म (तस्वीरहरू)

मेरोन्यूज २०८० जेठ ११ गते १७:४९

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा समापन भएको छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जावलाखेल पुगेर भोटोजात्राको अवलोकन गरेका थिए ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया