शुक्रबार, वैशाख ७, २०८१

चलचित्र ‘टुल्की’ शुक्रवारबाट प्रदर्शनमा आउँदै

मेरोन्यूज २०८० जेठ १० गते १७:०९

काठमाडौं । द ग्रुप प्रा.लि.को ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’ शुक्रवारबाट देशभर प्रदर्शनमा आउने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

शिशिर वाङदेल, स्वस्तिमा कार्की, हिमाली हमाल, नरेन तामाङ, रत्नप्रसाद न्यौपाने, सोम लामा, शेखर लामा, सौजन सुब्बा, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय रहेको छ । लक्ष्मण सुनारको कथा र देवजंग थापाको छायाँकन तथा निर्देशनमा बनेको ‘टुल्की’मा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ ।

झन्डै चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माणपक्षको भनाइ छ ।

प्रतिक्रिया