शुक्रबार, वैशाख १४, २०८१

भारतमा याे वर्ष सर्वाधिक कमाउने दोस्रो फिल्म बन्याे ‘द केरला स्टोरी’

मेरोन्यूज २०८० जेठ ९ गते १८:१३

काठमाडौं । बलिउड फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा सामेल भएको छ । सोमबार ४ करोड ५० लाख भारूको कमाई गर्दै फिल्म २ सय करोड क्लबमा जोडिएको हो ।

अभिनेत्री अदा शर्माको मुख्य भूमिका रहेको यो फिल्मले हालसम्ममा २०३ करोड भारू माथिको कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै ‘द केरला स्टोरी’ यस वर्ष भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ। सर्वाधिक कमाइ गर्ने फिल्मकाे पहिलो नम्बरमा शाहरूख खानको ‘पठान’ रहेकाे छ ।

फिल्म ‘द केरला स्टोरी’मा अदा शर्माकाअलावा योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकार पनि शिर्ष भूमिकामा छन् ।

प्रतिक्रिया