शुक्रबार, वैशाख १४, २०८१

जुनियर एनटीआरको जन्मदिनमा फ्यानले गरे हद पार, नौ जना पक्राउ

मेरोन्यूज २०८० जेठ ९ गते १६:४५

काठमाडौं । साउथ सुपरस्टार जुनियर एनटीआरको फ्यान फलाेइङ संख्या निकै ठुलाे छ । उनी अभिनित फिल्म आरआरआरको सफलताले पनि उनकाे फ्यान क्रेज बढायाे।

गत शनिवार अभिनेताले आफ्नो ४० औं जन्मदिन मनाएका थिए। उनको जन्मदिनको अवसरमा फ्यानले पनि विभिन्न ठाउँमा रमाइलाे गरि मनाए । यद्यपि, केही फ्यानहरूले भने जन्मदिन मनाउन सिमा नै पार गरेका थिए। यसै आरोपमा कर्नाटक प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बलिदान गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो ।

वास्तवमा, एनटीआरकाे जन्मदिनको उत्सवको एक भागको रूपमा, केही फ्यानहरूले कथित रूपमा दुईवटा बाख्रालाई निर्ममतापूर्वक मारेका थिए र अभिनेता एनटीआरको फ्लेक्सी ब्यानरमा रगत बगाएका थिए । यस विषयमा कारबाही गर्दै प्रहरीले फ्यानलाई पक्राउ गरेको हाे ।

प्रतिक्रिया