शुक्रबार, चैत १६, २०८०

प्रचण्डकाे मन्त्रिपरिषद्ले पायाे पूर्णता, जसपाबाट थपिए दुई मन्त्री

मेरोन्यूज २०८० जेठ ९ गते १३:४६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।

महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी (जसपा) बाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए।

उनीहरुको शपथ भोली १० बजे हुने बताइएको छ।

११ औं पटकमा मन्त्रिपरिषद् विस्तार गर्दा बल्ल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको हो ।

जसपाले सरकारमा यस अगाडी शिक्षामन्त्रीका रुपमा अशोक राईलाई पठाईसकेको छ । बाकी रहेको एक् मन्त्रालयमा भने उसले नाम दिएको थिएन । उपेन्द्र यादव आफै उपचुनावबाट बिजयी भएर सरकारमा जान चाहेको भन्दै त्यसबेला नाम नदिदा टिप्पणी भएको थियो । जसपाबाट प्रदीप यादव लगायतले पनि मन्त्री बन्न कोसिस गरिरहेका थिए । अन्तत यादव आफु पनि नगई अन्य नेतालाई पनि नपठाई मध्यमार्गी बाटोबाट बीरेन्द्र प्रसाद महतोलाई जसपाले मन्त्री बनाएको हो ।

Advertisement

उसले थप एक राज्यमन्त्री पनि पाएको छ ।

प्रतिक्रिया