शुक्रबार, वैशाख १४, २०८१

कामरिताले २८ औं पटक सगरमाथा आरोहण गरी कायम गरे कीर्तिमान

मेरोन्यूज २०८० जेठ ९ गते १०:३५

काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार बिहान २८ औँ पटक सगरमाथा आरोहण गरेका हुन् ।

यो सँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रो पटक पुगेका हुन । गत बुधबार २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका उनको २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ ।

प्रतिक्रिया