बिहीबार, वैशाख १३, २०८१

नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन भोलि मात्रै बुझाउने

मेरोन्यूज २०८० जेठ ७ गते १८:१८

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज प्रतिवेदन बुझाउने नसक्ने भएको छ । तयारी नपुगेको भन्दै भोलि मात्र प्रतिवेदन बुझाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण प्रतिवेदन आएपछि चौबीस घण्टा नै काम गर्ने तयारी भएको जिल्ला वकिल कार्यालयले जनाएको छ । यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

अदालतले यसअघि दिएको म्याद सकिएपछि आइतबार पुनः अदालतमा पेश गरिएको थियो । यस घटनामा मुछिएसँगै पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जना प्रहरी हिरासतमा छन् ।

थप १७ जनाको खोजी कार्य जारी रहेको छ । यस घटनामा कम्तीमा ३३ जनालाई मुद्दा चलाउनु पर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया