आइतबार, जेठ ६, २०८१

ट्विटरमा अब २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने

मेरोन्यूज २०८० जेठ ५ गते १४:२७

काठमाडाैं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ। सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन्।

Advertisement

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

सामान्य ट्विटर प्रयोगकर्ताहरूले भने यो सुविधा प्रयोग गर्न नपाउने बताइएकाे छ । ट्विटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न चाहनेले ट्विटरको ब्लु टिक भेरिफिकेसन लिनुपर्नेछ। सामान्य प्रयोगकर्ताले हाल ट्विटरमा १४० सेकेन्ड (२ मिनेट, २० सेकेन्ड) सम्मको भिडियोहरू मात्र अपलोड गर्न सक्छन्।

प्रतिक्रिया