आइतबार, जेठ ६, २०८१

‘तारक मेहताका उल्टा चश्मा’का निर्मातामाथि यौन उत्पीडनको आरोप

मेरोन्यूज २०८० वैशाख २९ गते १४:५१

काठमाडौं । भारतीय टिभी सिरियल ‘तारक मेहता का उल्टा चश्मा’की अभिनेत्री जेनिफर मिस्त्रीले शो का निर्माता असित मोदीमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार जेनिफरले अभिनेत्री जेनिफरले निमार्ता असित कुमार मोदीले वर्षौदेखि आफूमाथि दुर्व्यवहार गर्दैआएको आरोप लगाएकी हुन् ।

उनले सुटिङका ​​लागि सिंगापुर गएका बेला पनि ती निर्माताले आफुसँग पटकपटक दुव्र्यवहार गरेको उनले बताइन् । निर्माताले बारम्बार आफ्नो कोठामा बोलाउँने, आपत्तिजनक म्यासेज पठाउने गरेको उनले बताइन् ।

तर असितले यो आरोप अस्वीकार गरेका छन् ।

जेनिफरको लिखित उजुरीका आधारमा मुम्बई प्रहरीले अहिले घटनाको अनुसन्धान सुरु गरेको छ । यद्यपि, यस मामिलामा एफआईआर दर्ता हुन बाँकी छ। प्रहरीले छिट्टै यस घटनामा संलग्न सबैको बयान लिने जनाएको छ । असित बाहेक जेनिफरले आफ्नो उजुरीमा शोका अन्य क्रु सदस्यमाथि पनि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया