आइतबार, जेठ ६, २०८१

‘द केरला स्टोरी’ले एक सातामा कति कमायाे ?

मेरोन्यूज २०८० वैशाख २९ गते १३:४९

काठमाडौं । बलिउड अभिनेत्री आदा शर्माको फिल्म ‘द केरला स्टोरी’ प्रदशर्नमा आएको एक साता पुरा भएको छ । ५ मेमा रिलिज भएको फिल्मले विभिन्न विवादका वावजुत पनि बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

Advertisement

फिल्मको ओपनिङ कमजोर भएतापनि दोस्रोदिनदेखि कमाई निरन्तर बढिरहेको देखिन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पहिलो दिन लगभग ८ करोड रुपैंया भारुको कमाइ गरेको थियो । दोस्रोदिन ११ करोड हाराहारीमा र तेस्रोदिन १६ करोडको आसपासमा कमाइ गरेको थियो ।

त्यस्तै चौथो, पाँचौ र छैठौं दिन फिल्मले क्रमश १०, ११, १२ करोड रुपैया भारुको हाराहारीमा कलेक्शन गरेको थियो । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार फिल्मले सातौं दिन पनि उत्साहजनक कमाइ गरेकाे छ । साताैं दिन फिल्मले ११ करोड रुपैयाँ भारूसम्म कमाइ गरेकाे बताइएकाे छ । फिल्मकाे सात दिनकाे कमाइ एकमुस्ट हेर्दा लगभग ८० कराेड भारू पुग्ने देखिन्छ ।

करिब ३० करोड भारुको बजेटमा बनेको फिल्मले आफ्नो लागत पहिलेनै उठाइसकेको छ ।

पश्चिम बंगालमा फिल्म प्रतिबन्ध लगाइए तापति यसले चलचित्रकाे ब्यापारमा खासै असर नपरेको देखिन्छ । भारतको उत्तराखण्ड र हरियाणा सरकारले पनि फिल्मलाई करमुक्त बनाएका कारण पनि आम्दानीमा थप उछाल देखिएको छ । ‘ओर्ड अफ माउथ’ पनि रामै आइरहेकाले यसको कमाइ अझै बढ्ने अनुमान गरिएको छ ।

फिल्ममा फरक-फरक पृष्ठभूमिका तीन युवतीहरुको कथा समेटिएकाे छ, जसलाई धर्म परिवर्तन गर्न लगाएर आतंकवादी संगठनमा जान बाध्य पारिन्छ । यो फिल्म सत्य घटनामा आधारित रहेर निर्माण गरिएकाे हाे ।

प्रतिक्रिया