शनिबार, जेठ ५, २०८१

संविधान सभा सदस्य बस्नेतको निधन

मेरोन्यूज २०८० वैशाख २९ गते ९:४१


काठमाडौँ । नेपाली कांग्रेसको इतिहास लेख्ने पुरूषोत्तम बस्नेतको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको हो ।

Advertisement

संविधानसभा सदस्यसमेत भएका बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।

२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए । उनी कांग्रेसको केन्द्रीय सदस्य पनि बनेका थिए ।

प्रतिक्रिया