रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा मजदुरको मृत्यु
मेरोन्यूज
२०८० वैशाख २९ गते ९:०५
रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा १ त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ ।
सम्बन्धित
प्रतिक्रिया