शुक्रबार, जेठ ४, २०८१

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

मेरोन्यूज २०८० वैशाख २८ गते २१:०१

सोलुखुम्बु । जिल्ला सोलुदुधकुण्ड नगरपालिका ५ स्थित एप्रिला स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा माप्य दुधकोशी गाउँपालिका २ बस्ने २७ वर्षीय बिनोद राईसमेत ५ जना पक्राउ परेका छन् ।

Advertisement

विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनीहरूले नगद ३३ हजार ६१५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया