शुक्रबार, जेठ ४, २०८१

कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने

मेरोन्यूज २०८० वैशाख २८ गते १८:५६

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारवाही नगर्ने भएको छ ।

Advertisement

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई आज बसेको पदाधिकारी बैठकले तत्काल कारबाही आवश्यक नभएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाँणले अनुसन्धानलाई सघाइरहेको बताउँदै पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने बताए ।

‘उहाँ बुटवल जानु भएको थियो, त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो, तर निवासबाटै पक्राउ पर्नु भयो, उहाँले अनुसन्धानमा सघाइरहनु भएको छ’, उनले भने ।

प्रतिक्रिया