शुक्रबार, जेठ ४, २०८१

पार्टी बैठकमा ओलीले पेश गरे प्रतिवेदन, सत्तामा हुँदा परिणाम दिन नसकेको उल्लेख (पूर्णपाठ)

मेरोन्यूज २०८० वैशाख २८ गते १५:३६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले प्रतिवेदन पेस गरेका हुन् ।

Advertisement

अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा विगत केही वर्षदेखि नेकपा एमालेमाथि धोका हुँदै आएको उल्लेख गरेका छन् । पार्टीभित्र देखा परेका व्यक्तिवादी प्रवृत्ति, विकृति, सङ्गठनात्मक शिथिलता र अराजकतालगायतका कारणले एमालेले काम गर्न नसकेको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विभिन्न कारणले एमालेले सत्तामा हुँदा अपेक्षाअनुसार परिणाम दिन नसकेको ओलीले प्रतिवेदनमा समावेश गरेका छन् ।

प्रतिक्रिया