शुक्रबार, जेठ ४, २०८१

कांग्रेस पदाधिकारी बैठक जारी, खाँणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल

मेरोन्यूज २०८० वैशाख २८ गते १५:१३
देउवा निवास

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । देउवा निवास धुम्बाराहीमा बैठक बसेको हो ।

Advertisement

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशमा मन्त्री छनोटका विषयमा छलफल हुने भएको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई पार्टीबाट निलम्बन गर्ने प्रस्ताव गरेका थिए ।

यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकको एजेण्डा छ ।

प्रतिक्रिया