शुक्रबार, जेठ ४, २०८१

पूर्णबहादुरलाई साथमा राखेर किन भेटे देउवाले प्रधानमन्त्री ?

मेरोन्यूज २०८० वैशाख २८ गते १३:१९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा भेटवार्ता भएको छ । भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।

Advertisement

देउवाले प्रधानमन्त्रीसँग भेटका लागि उपप्रधान तथा रक्षामन्त्री समेत रहेका कांग्रेसका उपसभापति समेत रहेका पूर्णबहादुर खड्कालाइ साथमै लिएर गएका थिए ।

भेटवार्ताको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले पुष्टि गरेका छन् । उनले भेटमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रित रहेका छलफल भएको तिमिल्सिनाले बताए ।


तर देउवाले कांग्रेसका पदाधिकारी तथा पूर्व प्रदाधिकारीको बैठक अगाडी प्रधानमन्त्रीसँग पार्टीका उपसभापति र उपप्रधानमन्त्री समेतलाई राखेर छलफल गरेका हुन् । प्रधानमन्त्री देउवा नक्कली भुटानी शरणार्थी प्रकरणको पहरो खोसल्दै जाादा आफनो पार्टीका नेताहरु तानिन थालेपछि चिन्तित देखिएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परिसकेका छन् । खाँण प्रकाउपछि उनीमाथी पार्टीले निलम्बन गर्ने या नगर्ने भन्नेमा नेताहरुकै दुइ थरी मत छ ।

यो प्रक्रणको छानबिन अझ अगाडी बढ्दा कतै डा आरजु राणा समेत जोडिन पुग्ने त होइन भन्ने आशंकाले देउवा चिन्तित देखिन्छन् ।

यस्तो बेला उनको प्रधानमन्त्रीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया