शुक्रबार, जेठ ४, २०८१

जेठ ४ मा पार्लियामेन्टमा बोल्छु, शरणार्थी प्रकरणमा तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु : ओली

मेरोन्यूज २०८० वैशाख २८ गते १३:०५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्यसहित आफनो धारणा राख्ने तयारीमा आफु रहेको बताएका छन् ।

Advertisement

पार्टीको आज देखि काठमाडौं केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य आफुले संसदमा खोल्ने बताएका हुन् ।

‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो रु कसले पठायो रु को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीले केन्द्रीय समिति बैठकलाई सम्बोधन गदै भने ।

प्रतिक्रिया