शुक्रबार, जेठ ४, २०८१

रुपन्देही डण्डाबाट सशस्त्रले बरामद गर्‍यो अवैध लत्ताकपडा

मेरोन्यूज २०८० वैशाख २८ गते १२:५५

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी बैशाख २७ गते सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।

Advertisement

भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया