शुक्रबार, जेठ ४, २०८१

एमालेको केन्द्रीय समिति बैठक च्यासलमा सुरु

मेरोन्यूज २०८० वैशाख २८ गते ११:५३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेस हुने भएका छन् ।

Advertisement

अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्तर्गत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।

मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् ।

२ प्रतिवेदन गैरभौगोलिक प्रदेश समितिका तर्फबाट पनि पेस हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको उनले बताए । वैशाख ३० गते तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुनेछ ।

बैठकमा पेस भएका सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ । छलफलबाट प्रदेशहरुको कार्ययोजना निर्माण गरिने छ ।

एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ जना केन्द्रिय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी छन् । बैठकले प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पार्टी प्रवेशीहरुको व्यवस्थापनबारे निर्णय गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया