सोमबार, जेठ ७, २०८१

गृहसचिवमा दिनेश भट्टराईको सरुवा

मेरोन्यूज २०८० वैशाख २७ गते ९:४०

काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

Advertisement

हाल गृहमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहितका व्यक्तिहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको अवस्थामा गृहसचिवको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया