शनिबार, जेठ ५, २०८१

वर्षौंदेखि सञ्चालनमा नआएका अकाउन्ट बन्द गर्दै ट्विटर

मेरोन्यूज २०८० वैशाख २६ गते १५:३७

सामाजिक सञ्जाल ट्वीटरले वर्षौदेखि सञ्चालनमा नआएका अकाउन्ट बन्द गर्ने भएको छ ।

Advertisement

कम्पनीका सीईओ एलोन मस्कले सोमबार ट्विट गर्दै सो जानकारी दिएका हुन् । उनले यसले धेरै प्रयोगकर्ताको फलोअर संख्या घट्न सक्ने पनि बताए ।

तर, कहिले गर्ने भन्नेबारे मस्कले जानकारी दिएका छैनन् । ट्विटरको नीति अनुसार, प्रयोगकर्ताहरूले लामो समयसम्म निष्क्रियताको कारण स्थायी रूपमा हटाउनबाट बच्न प्रत्येक ३० दिनमा कम्तिमा एक पटक आफ्नो खातामा लग इन गर्न आवश्यक छ।

एजेन्सी

प्रतिक्रिया