बिहीबार, वैशाख २०, २०८१

‘द केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध, उत्तरप्रदेशमा भने कर छुट

मेरोन्यूज २०८० वैशाख २६ गते १५:१०

काठमाडौं । चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा करमुक्त गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार यो बहुचर्चित फिल्मलाई कर छुटको घोषणा गरेका हुन् । तर पश्चिम बंगालले फिल्मलाई प्रतिबन्ध लगाएको छ।

फिल्मले हिन्दू र मुसलमानबीच साम्प्रदायिक सद्भाव भड्काउन सक्ने भन्दै पश्चिम बंगालले प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाइएको छ।

फिल्मले चार दिनमा ४५.७२ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया