शनिबार, जेठ ५, २०८१

मुगु हिमपहिरोमा परेकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन

मेरोन्यूज २०८० वैशाख २५ गते ९:०४

मुगु । मुगुको कार्मारोङ गाउँपालिका च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरुको खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ।

Advertisement

यार्सागुम्बा संकलन गर्न अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये तीन जना शुक्रबार हिमपहिरोमा परेका थिए।

मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाका अनुसार हिमपहिरोमा परी एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । च्यार्खु लेकबाट फर्केकाहरूले प्रहरीलाई हिमपहिरोमा पुरिएर पातारासी गाउँपालिका–२ का तल्फीगाउँका ३६ वर्षीय पुत्र सार्कीको मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहरा बेपत्ता भएको जानकारी दिएका छन् ।

सूचनापश्चात आइतबार परिचालन गरिएको प्रहरीको टोली घटनास्थलको भेउ पाउन नसक्दा फर्किएको प्रहरी आज बिहानैदेखि हेलिकप्टर परिचालन गरी बेपत्ताहरूको खोजी गरिरहेको छ ।

घटनास्थल चार हजार मिटर माथि रहेको र व्यापक हिउँ जमेका कारण यकिन ठाउँ पत्ता लगाउन कठिन रहेकाले ठाउँ पहिचान गर्न सजिलो होस् भन्नका लागि प्रत्यक्षदर्शीलाई पनि उद्दार टोलीसँगै लैजान लागिएको प्रजिअ गापाले बताए ।

हेलिकप्टरसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब २२ जनाको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया