बिहीबार, वैशाख २०, २०८१

महिलासँग हात नमिलाएपछि ट्रोल भइन् करिना कपुर

मेरोन्यूज २०८० वैशाख २४ गते १८:१३

काठमाडौं । वलिउड अभिनेत्री करिना कपुर आफ्नो लुक्स र अभिनयका कारण चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा करिनाका नयाँ नयाँ भिडियो भाइरल भइरहेका छन् । यसैबीच उनको एक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा उनी आफ्ना पति सैफ अलि खानसँग देखिएकी छिन् । उनी हिडिरहेका बेला एक महिला फ्यान करीनासँग हात मिलाउन अघि बढ्छिन। तर अभिनेत्रीका गार्डले महिलालाई रोकिदिन्छन् र करिना पनि केहि नबोली हिड्छिन् । यो भिडियो सार्वजनिक हुनासाथ करिना तिब्र रुपमा ट्रोल भइरहेकी छन्।

प्रयोगकर्ता आक्रोशित हुँदै उनलाइ गाली दिईरहेका छन् । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनी एक पटक मात्र हात छुन चाहन्थिन्, मायाले बुझाउन पनि त सकिन्थ्यो।’ यस्तै अर्का लेख्छन्, ‘आजभोलीका अभिनेत्रीमा एटिट्युड निकै बढेको छ ।’

करिना आफ्नो पछिल्लो फिल्म लाल सिंह चड्ढामा आमिर खानसँग देखिएकी थिइन्। त्यसयता उनका फ्यान उनको अर्को फिल्मको प्रतिक्षामा छन् ।

प्रतिक्रिया