बिहीबार, वैशाख २०, २०८१

शाहरुख अभिनित ‘जवान’काे प्रदर्शन मिति स-याे

मेरोन्यूज २०८० वैशाख २४ गते १३:५८

काठमाडौं । वलिउड अभिनेता शाहरुख खान र नायिका नयनतारा अभिनित फिल्म ‘जवान’को प्रदर्शन मिति सरेको छ । फिल्मको प्रदर्शन मिती तीन महिना पछि सरेको हो ।

यसअघि जुनको २ तारिखबाट रिलिज हुने भनिएको फिल्म अब सेप्टेम्बर ७मा विश्व बजारमा रिलिज हुने भएको छ । भीएफएक्सको काम नसकिएको भन्दै प्रतिक्षित फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

फिल्मको प्रदर्शन मिति घोषणा भिडियो र पोष्टर शनिबार सार्वजनिक गर्दै शाहरुखले दर्शकलाई प्रतिक्षा गर्न आग्रह गरेका हुन्।

एट्लीको निर्देशनमा तयार भएको फिल्ममा साहरुख खान, नयनतारा, विजय सेतुपति लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया