शनिबार, जेठ ५, २०८१

धनुषामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

मेरोन्यूज २०८० वैशाख २४ गते ६:१८

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

Advertisement

सोही स्थानका अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार साँझ सवा ७ बजेतिर नुहाउन गएका बालकहरू डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेकोमा राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया