शनिबार, जेठ ५, २०८१

सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहर फाल्न नदिने

मेरोन्यूज २०८० वैशाख २३ गते १७:४६

काठमाडौँ । काठमाडौँ महानगरसहित १८ वटा पालिकाहरूको फोहर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा पुनः अवरोध हुने भएको छ । फोहर व्यवस्थापनका लागि फोहरको संकलन, प्रशोधन र व्यवस्थित रुपमा विसर्जन गर्ने माग राख्दै पुनः अवरोध गर्ने चेतावनी दिएको हो ।

Advertisement

उक्त क्षेत्रमा पर्ने धादिङ र नुवाकोटका धुनीबेँसी र बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकाका प्रमुखहरूले तीन बुँदे माग राख्दै फोहर व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले फोहरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाएकाले वरिपरी दुर्घन्धित हुनुको साथै मानिस बसोबास गर्न सक्ने अवस्था नभएको स्पष्ट पारेका छन् ।

तीन पालिका प्रमुखहरूले संघीय राज्य र काठमाडौँ महानगरले गैरजिम्मेवार काम गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । उनीहरूले वैज्ञानिक ढंगबाट फोहर व्यवस्थापन, प्रभावित नागरिकको उचित व्यवस्थापन र यसअघिका सम्झौता पूर्ण कार्यान्वयन माग राखेका छन् ।

प्रतिक्रिया