बिहीबार, वैशाख २०, २०८१

धिरज र जसिताको ‘ज्याकी आइएम २१’ले दुई दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० वैशाख २३ गते ११:०८

काठमाडौं । गत बिहिबारबाट देशव्यापीरुपमा प्रदर्शनमा आएको चलचित्र ‘ज्याकी आइएम २१’ ले हलमा २ दिन पार गरिसकेको छ । धिरज मगर र जसिता गुरुङको मुख्य भुमिका रहेको फिल्म ‘डान्सिङ’ कथाबस्तुमा आधारित छ। फिल्मले दर्शकबाट पनि राम्रै प्रतिकृया पाइरहेको छ ।

नेपालमा पहिलो पटक ‘डान्स’को कथाबस्तुमा याे चलचित्र बनाइएकोले राम्रो कमाई गर्नै अनुमान गरिएको थियो । तर फिल्मले राम्रो प्रतिकृया पाइरहँदा पनि कमाइ भने सोचेअनुरुप गर्न सकेन । फिल्मको पहिलो दिनको ओपनिङ नै कमजोर रह्यो ।

पहिलो दिन बिहिबार फिल्मले १२ देखि १५ लाख हाराहारीमा आपनिङ गरेको बताइएकाे छ । दोस्रो दिन भने फिल्मले राम्रै व्यापार गर्न सफल भयो । दोस्रो दिन फिल्मले २० लाख माथिको ग्रस कलेक्शन गरेको बताइएको छ ।

दुई दिनको कमाइ एकमुस्ट हेर्दा ३२ देखि ३५ लाख पुग्ने देखिन्छ । फिल्मले आज हलमा तेस्रोदिन मनाइरहेको छ ।तेस्रोदिनको बुकिङ राम्रै रहेकाले फिल्मले आजपनि राम्रै कमाइ गर्ने अनुमान गरिएको छ ।

यता दयाहाङ राई अभिनित जारी फिल्मले हलमा २२ दिन पार गरिसक्दा पनि दर्शकको भरपुर माया पाइरहेको छ । यसकारण पनि ‘ज्याकी आइएम २१’ ले बक्स अफिसमा सफल हुनकालागि निकै संर्घष गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया