बिहीबार, वैशाख २०, २०८१

सलमानकाे ‘किसीका भाइ किसीकी जान’मा राघव जुयालले कति पारिश्रमिक लिए ?

मेरोन्यूज २०८० वैशाख २२ गते १२:५२

काठमाडाैं । राघव जुयाल चर्चित डान्सर हुन् । डान्सका अलावा उनी अभिनयमा पनि अब्बल छन् । हालै उनको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिज भएको थियो। फिल्ममा उनले सलमान खानको भाइको भूमिका निभाएका थिए ।

फिल्मले हालसम्म बक्स अफिसमा सय करोड भारुमाथीकाे कमाइ गरिसकेकाे छ । यसैबीच, राघवलाई फिल्ममा अभिनयका लागि कति पारिश्रमिक दिइएको भन्ने खुलासा भएको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार राघवले यो फिल्मका लागि एक करोड २० लाख भारु लिएका छन् । एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ कि राघव युवाहरूमाझ निकै चर्चित छन् र सामाजिक सञ्जालमा पनि निकै चर्चित छन् । यही कारण उनले फिल्मका लागि ठूलो रकम लिएका हुन् ।

केहिसमयअघि उनी को-स्टार शहनाज गिलसँग सम्बन्धमा रहेको हल्ला पनि बाहिर आएको थियो। तर, एक अन्तर्वार्ताका क्रममा उनले यो कुरालाई अस्वीकार गरेका थिए ।

प्रतिक्रिया